देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक

देशान्तर

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान प्रचण्ड निवास खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकपछि विपक्षी दलहरूको बैठक बोलाएका हुन् । विपक्षमा माओवादी, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, आजपा रहेका छन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको बैठक बोलाइएको हो । यसअघि बसेको विपक्षी दलको बैठकले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो । विपक्षी दलहरूको बैठकका कारण संसद बैठक सुरु हुन सकेको छैन् ।