देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर

देशान्तर

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन् । खड्काले सोमवार आयोजित एक समारोहमा सम्झौता–पत्रमा हस्ताक्षर गरेकी छिन् ।

सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले हस्ताक्षर गरेकी छिन् । उक्त अवसरमा प्रबन्ध निर्देशक अर्यालले नेपाली फिल्म क्षेत्रकी ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रबर्धन तथा बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले नेपाल टेलिकमजस्तो गरिमामय एवं सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

यो सम्झौतापछि ब्राण्ड एम्बेसडर अभिनेत्री खड्काले नेपाल टेलिकमका सेवाहरुको प्रचारप्रसार, व्यापार प्रवर्द्धन तथा ब्राण्ड संरक्षणसम्बन्धी कार्यहरु गर्नेछिन् ।

हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्थासमेत सम्झौतापत्रमा उल्लेख रहेको छ ।