काठमाडौँ । नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा चलचित्र द्रौपदीले विशेष चलचित्र पुरस्कार पाउन सफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे , श्रीलङ्काका राजदूत पूर्ण नेपाली लगायतको हातबाट यो पुरस्कार वितरण गरिएको थियो । अत्यन्तै मेहनतका साथ निर्माण गरिएको अर्ग्यानिक नेपाली चलचित्रले यो अवार्ड पाउँदा आफू निकै हर्षित भएको चलचित्रका लेखक तथा निर्देशक ऋषिराज आचार्यले बताएका छन् । उनले यो अवार्ड पाउन चलचित्रका सम्पूर्ण युनिटको मेहनतको फल रहेको बताए । चलचित्रकी नायिका आश्विनी साहले जुरी अवार्ड पाउन सफल भएकी छन् ।
चैत ८ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र द्रौपदी डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीमा छायाङ्कन गरिएको हो । महिला संवेदनामा बनेको देखिने यस चलचित्रले एक अर्ग्यानिक अनि गम्भीर विषय उठाएको सङ्केत गरेको छ । चलचित्र द्रौपदी अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण भएको बुझिएको छ । हाल नेपालीहरूमा अझ भित्रै देखी देशभक्ति देश प्रेम बढेर आएको देख्दा यस्ता चलचित्रप्रति स्वदेशी तथा विदेशमा बसेका नेपालीहरूले पनि यो चलचित्रलाई माया गर्ने प्रबल सम्भावना देखिन्छ । द्रौपदीका निर्देशक ऋषिराज आचार्यका अनुसार यसको स्क्रिप्ट करिब ४ वर्ष लगाएर लेखिएको हो ।
चलचित्रमा आश्विनी शाही , रबी ओड, कविराज भाम , जेएलसन अधिकारी , सुजाता तिमल्सिना , विष्णु ठडराई ( सुवास ) प्रकाश ज्ञवाली ,सीता बौडेल , सुरज अधिकारी र निर्देशक आचार्यको पनि अभिनय रहेको छ । चलचित्रमा कथा, पटकथा, संवाद गीत तथा निर्देशन आचार्यकै रहेको छ । चलचित्रको सम्पादक अनिल महर्जन, पार्श्व सङ्गीत सौरभ शर्माको रहेको छ भने छायाङ्कन मोहन कुमार झिल्लुको रहेको छ । कर्णाली काटौला शीर्षक रहेको चलचित्रको गीतमा रबी ओड र इन्द्रकला राई को आवाज रहेको छ जुन अहिले चर्चामा छ । आर बि मुभिजमा बनेको चलचित्रका सह निर्माता ऋतु आचार्य र विष्णु ठडराई , र निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् । चलचित्र लाई एप्पल इन्टरटेन्टमेन्ट , एफ डी कम्पनी र रिच इन्टरटेन्टमेन्टले संयुक्त रूपमा वितरण गर्दै छन् ।
। अहिलेसम्म पुर्णरुपमा उठान नगरेको विषय भएको निर्माण पक्षको दाबी छ । यसर्थ नेपाली मौलिक चलचित्रले दर्शकहरूको माया पाइरहेको यो अवस्थामा चलचित्रको विषयले छुने प्रबल सम्भावना रहेको छ ।
प्रतिक्रिया