देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्ववियुको निर्वाचनको तालिका सार्वजनिक

देशान्तर

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

त्रिविलेआगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएकाे छ ।

त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसाे ४ बजेसम्म मतदान हुनेछ ।