देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस पूर्ण समावेशी : देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पूर्ण समावेशी भएको बताएका छन् । आजबाट सुरु प्रजातन्त्र सेनानी संघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीमात्रै नभइ देश नै समावेशी रहेको बताए ।

उनले आरक्षणको सवालमा पनि नेपाल अगाडि रहेको दाबी गर्दै ३३ प्रतिशत महिलाको आरक्षण संसारका कमै देशमा भएको बताए । महाधिबेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले ०८४ हुने निर्वाचनको लागि पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले अब सबैको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित हुनुपर्ने र चुनावलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न आग्रह गरे । महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्का कांग्रेस नेता विमलेन्द्र निधिले सभापति देउवालाई पूर्वप्रधानमन्त्री मात्रै नभई भावी प्रधानमन्त्री पनि भएको उल्लेख गरे ।

उनले सुरुमा सभापति अनि पूर्वप्रधानमन्त्री भने । त्यसपछि उनले भावी प्रधानमन्त्रीको रुपमा पनि देउवा निश्चित भएको जिकिर गरे । २५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट १० गतेसम्म चल्नेछ ।