देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आरोप प्रमाणित गरे प्रचण्डको झोला बोक्न तयार छु : उर्जामन्त्री

देशान्तर

काठमाडौं । उर्जामन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाबारे आफूलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनबाटै आरोप लगाएको भन्दै आपत्ति जनाए । मन्त्री खड्काले आरोप प्रमाणित गरे प्रचण्डको झोला बोक्न तयार भएको बताए ।
उनले सांसदहरूले पनि राजीनामाको माग गरेकोमा आपत्ति जनाउँदै प्रमाणित गर्न चुनौती दिए । उनले मन्त्रीबाट मात्रै नभएर आफूले सांसद पद नै त्याग्ने बताए । अर्को प्रसंगमा खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको पनि बताए । मन्त्री खड्काले सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको र सरकारलाई नटेरेको बताएका हुन् । उनले घिसिङको अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र लगाम लगाउने उल्लेख गरे ।
मन्त्री खड्काले पटक–पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको उल्लेख गर्दै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको स्पष्ट पारे ।