देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सशस्त्र प्रहरी बलका १ सय २० जनालाई विभागीय कारबाही

देशान्तर

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले संगठनका १ सय २० जनालाई विभागीय कारबाही गरेको छ । सामाजिक सञ्जालमा संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो बनाई अपलोड गरेको पाइएपछि कारबाही गरिएको प्रहरी बलले जनाएको छ ।


कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् । उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्या
नाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्बिर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयहरूलाई निर्देशन समेत दिएको छ ।