काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी पुगेका हुन् ।
स्वर्णलक्ष्मीको मुद्दामा लामिछानेलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिक्रिया