काठमाडौँ । शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराई रहेका अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालले डिस्चार्ज गर्ने ले निर्णय गरेको छ ।
मन्त्री पौडेलको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नपरेकाले स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि अस्पतालले पौडेललाई आजै डिस्चार्ज गर्ने भएको हो ।
पोखराका मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पतालको भनाइ छ ।
प्रतिक्रिया