देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपति पौडेलले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

देशान्तर

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पताल पुगेर पोखरामा बेलुन विस्फोटपछिको आगलागीमा परेर घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
राष्ट्रपति पौडेललाई स्वास्थ्य सचिव डा. रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री उपचाररत् पौडेल र आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए । स्वास्थ्यमन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्य देवि भट्टचनसमेत अस्पताल आइपुगेका थिए । कीर्तिपुर अस्पतालका अनुसार दुवैजनाको आईसीयूमा उपचार भइरहेको छ । मन्त्री र मेयरको उपचारमा संलग्न चिकित्सकहरुले दुवै जनाको अवस्था सामान्य रहेको बताएका छन् । मेयर आचार्यभन्दा अर्थमन्त्री पौडेलको जलन बढी रहेको अस्पतालले जनाएको छ ।