काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।
सरकारले ल्याएको भूमि अध्यादेशको विरोधमा सरकारमै रहेका दलहरुले नै अस्वीकार गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आज बैठक राखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले ल्याएको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको हो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, अध्यादेश अस्वीकार गर्ने निर्णय गरेर पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई राजीनामा दिन तयार रहन निर्देशन दिएका लोसपा अध्यक्ष महन्थ ठाकुर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी छन् ।
प्रतिक्रिया