काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ । घरेलु मैदानमा हुने चारदेशीय महिला फुटबल च्याम्पियनसिपका निम्ति घोषणा भएको २३ सदस्यीय टीममा अधिकांश साफ च्याम्पियनसिप खेलाडीले निरन्तरता पाएका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली टिम सार्वजनिक गरेका हुन् ।
नेपाली टिममा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ ,रक्षक अमृता जैसी, गीता रानामगर, विमला विक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, विमला चौधरी, मनमाया दमाई ,मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता रानामगर, रेनुका हमाल, सुस्मा तामाङ, फरवार्ड सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, र रेखा पौडेल रहेका छन् ।
फेब्रुअरी १७ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले किर्गिस्तानविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले फेब्रुअरी २० मा लेबनानविरुद्ध खेल्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा म्यानमारविरुद्ध फेब्रुअरी २३ मा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी २६ मा हुने तालिका छ ।
प्रतिक्रिया