काठमाडौं । नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट गोरखापत्रमा कार्यरत रंग पत्रकार सुकृत नेपाल पुरस्कृत भएका छन् । नातीकाजी स्मृति समाजद्धारा राष्ट्रपति कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सञ्चारकर्मी तथा प्रस्तोता धन लामा, लोकगायक बमबहादुर कार्की, संगीत प्रवद्र्धक प्रकाश सायमी, सितार वाधक ज्ञानुराधा गोर्खाली, गीतकार बुद्धवीर लामा, गायक दिवाकर खड्का, गीतकार किरण के.सी र गायिका यशोदा पराजुलीलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान प्रदान गरिएको थियो ।
नातिकाजी राष्ट्रिय संगीत पुुरस्कार गायक हिमाल सागर, गायिका विन्दु परियार, गीतकार वी पाण्डे, संगीतकार आशिष अविरल र संगीत संयोजक सम्राट थापालाई प्रदान गरिएको थियो । त्यस्तै, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट गीत रेकर्डिष्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंह पुरस्कृत भएका छन् ।
नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार डा. रमेश पोखरेललाई प्रदान गरिएको थियो । नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार लोकगायक रामप्रसाद अवस्थी, लोकगायिका शुष्मा शाही ठकुरी र लोकगायक कृष्ण वि.कलाई प्रदान गरिएको थियो ।
त्यस्तै, नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार रंग पत्रकार सुशील अर्याललाई प्रदान गरिएको थियो । लेखक विमल भौकाजी, संगीत सधना प्रतिष्ठान इटहरीका अर्जुन के.सी, संगीत साधक अमीर सुनार र सन्तबहादुर गिरीलाई नातिकाजी राष्ट्रिय योगदान सम्मान प्रदान गरिएको थियो ।
प्रतिक्रिया