देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

घोराही–तुलसीपुर सडक चार लेन विस्तारका लागि ठेक्का आह्वान

देशान्तर

काठमाडौं । घोराही–तुलसीपुर सडक चार लेन विस्तारका लागि नेपाल सरकारले ठेक्का आह्वान गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन अर्ब ९९ करोडको ठेक्का आह्वान गरेको हो ।
यस अघि पनि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।

ठेक्कामा आवेदन गर्ने अवधि ३० दिनको तोकिएको छ । घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब साढे २१ किलोमिटर लम्बाइमा सडक चार लेन हुनेछ । आयोजनाको कुल अवधि ३६ महिनाको हुने छ ।