काठमाडौं । कुशल गीतकार तथा सञ्चारकर्मी किस्ना आचार्य रोशनीको शब्दमा नेपाली लोकगीत ‘को नै छ र अरू’ बोलको गीत सार्वजनिक भएको छ । यस गीतमा लोकप्रिय गायक गोविन्द मधुर आचार्य र गायिका सुनितामी परियारले आफ्नो सुमधुर आवाज भरेका छन् । गीतमा सङ्गीत र सङ्गीत संयोजन गायक आचार्यकै रहेको छ ।
यो गीतलाई गायक आचार्यकै अफिसियल युट्युब च्यानल गोविन्द मधुर आचार्यबाट सार्वजनिक गरिएको छ । “को नै छ र अरू, मैले मनको पिडा पोख्ने को नै छर अरू, मलाई यति जबाफ देऊ ए निष्ठुरी माया मुटुमा लागेको घाउ म कसरी भरूँ” आफू शून्य भएर पनि प्रेमिकालाई आफूले साथ दिएको भन्दै प्रेमीले गुनासो व्यक्त गरेका छन् ।
मनमा अगाध प्रेम भएर अलग बस्न पर्दाका पिडा गीत मार्फत गीतकारले पोखेकी छिन । गीत सिर्जना सँगै सञ्चार कर्ममा लामो समय देखि निरन्तर सक्रिय रोशनी का अरू थुप्रै सिर्जना साङ्गीतिक बजारमा प्रकाशित छन् ।
प्रतिक्रिया