देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक महिला सहित २० जना नेपाली डिपोर्ट

देशान्तर

काठमाडौं । अमेरिकाले एक महिला सहित २० जना नेपालीलाई फर्काइदिएको छ । डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन माघ ७ गते देखि माघ २९ गते को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएका हुन् ।

अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो । अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा विना भिसा यात्रा गरेको र गलत नियतका साथ बसोबास गरेकाले फर्काइएको व्यहोरा उल्लेख छ ।


ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ ।