काठमाडौं । गायिका एलिना चौहानले औचारिकरूपमा आफ्नो वैवाहिक सम्बन्ध टुंगिएको जानकारी गराउदै पूर्वपति विष्णु सापकोटालाई उनले बाँकी जीवनका लागि शुभकामना दिएकी छन् ।
।
मंगलबार सामाजिक सञ्जालबाट एलिनाले आफूहरू कानुनीरूपमै अलग भएको जानकारी दिएकी हुन् । “प्रिय विष्णु, अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्,” सामाजिक सञ्जाल लेखेकी छन्, “हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ ।”
सामाजिक सञ्जाल उनले लेखेको थप कुरा यस्ता छन् –

एलिनाले १८ माघमा जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।
प्रतिक्रिया