देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइसकेको छैन : प्रधानमन्त्री ओली

देशान्तर


काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताउनुभएको छ ।

संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले सरकारले ल्याएका अध्यादेश केही दिन पछि मात्र संसदमा प्रस्तुत हुने बताउनुभयो । उहाँले अध्यादेशबारे दलहरुसँग छलफल गर्न अझ दुई÷तीन दिन लाग्ने भन्दै अहिले नै सांसद गन्ने बेला नभएको बताउनुभयो ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू संसदमा पेस गर्नुपर्ने प्रावधान छ ।