देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दिल्लीमा केजरीवाल हारे, २७ वर्षपछि भाजपाको सरकार बन्ने

देशान्तर

दिल्ली विधानसभाको ताजा चुनावी नतिजामा भारतीय जनता पार्टी (भाजपा) ले आम आदमी पार्टी (आप) को कडा झट्का दिएको छ। अहिलेसम्म प्राप्त मतगणनाका अनुसार, दिल्लीमा २७ वर्षपछि भाजपा आफ्नो सरकार बनाउन नजिक पुगेको छ। मुख्यमन्त्री आतिशी बाहेक ‘आप’ का अधिकांश मन्त्रीहरूले पराजय भोगेका छन्।

‘आप’ को हारपछि सामाजिक कार्यकर्ता अन्ना हजारेले प्रतिक्रिया जनाएका छन्। उनले पार्टीको हारको प्रमुख कारण अरविन्द केजरीवालको ‘शराब नीति’ रहेको बताएका छन्। हजारेका अनुसार, ‘आप’ ले पैसा र मदिरामा बढी ध्यान दिएर राजनीति गर्न खोज्यो, जसका कारण पार्टी कमजोर हुँदै गयो।

अन्ना हजारेले भने, “म पहिले नै भन्थेँ, कुनै पनि उम्मेदवारसँग राम्रो चरित्र, विचार र स्वच्छ छवि हुनुपर्छ। तर, ‘आप’ लाई यी कुराहरू मिलेनन्। उनीहरू पैसा र मदिरामा फसे, जसले गर्दा केजरीवालको छवि बिग्रियो। मैले उनलाई यसबारे चेतावनी दिएको थिएँ, तर उनले सुनेनन्।” 

हजारेले थप भने, “राजनीतिमा आरोपहरू लाग्छन्, तर आफू निर्दोष छ भन्ने प्रमाणित गर्नुपर्छ। ‘आप’ निस्वार्थ सेवा गर्न असफल भयो। पैसाले अगाडिको सिट लियो, जनताको सेवा पछाडि पर्‍यो। यही कारणले गर्दा पार्टी पराजित भयो।”

गौरतलब छ, अन्ना हजारेको नेतृत्वमा २०११ मा भ्रष्टाचार विरोधी आन्दोलन भएको थियो। त्यही आन्दोलनपछि अरविन्द केजरीवालले २०१२ मा आम आदमी पार्टीको स्थापना गरेका थिए। सुरुमा हजारे र केजरीवालको सम्बन्ध राम्रो भए पनि ‘आप’ गठनपछि उनीहरू अलग भएका थिए।