काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली कांग्रेसका नेता मीन विश्वकर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
विश्वकर्माविरुद्ध साम्पाङले आयोगको इटहरीस्थित कार्यालयमा दिएको । उजुरीमा २१ करोड रुपैयाँको हिसाब किताब देखाउनुपर्ने माग गरेका छन् ।
विश्वकर्माले एक टीभी अन्तर्वार्तामा एडीबीबाट ऋण र अनुदानमार्फत १ अर्ब ५० करोड रुपैयाँ ल्याएर धरानमा खानेपानी योजना सञ्चालन गरेको बताएको तर उपमहानरको लेखा शाखाले १ अर्ब २८ करोड ६ लाख ७५ हजार ६२१ रुपैयाँ मात्रै खर्च गरेको साम्पाङको उजुरीमा उल्लेख छ ।
प्रतिक्रिया