काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो ।
नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनाएको थियो । यस जितसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया