देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थापा र बर्देवाको आवाजमा नयाँ गीत औधी मन पराएँ

देशान्तर

काठमाडौं । गायक नारायण थापा र गायिका शर्मिला बर्देवाको आवाजमा रहेको नयाँ गीत औधी मन पराएँ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
प्रतिक्षा काफ्ले र प्रज्वल राज भट्टको अभिनय रहेको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । सुबिन गोदारको छायांकन रहेको भिडियोलाई राकेश दाहालले सम्पादन गरेका हुन् । भिडियो जि मिडिया कनेक्सन नामक च्यानल बाट सार्बजनिक गरिएको हो ।


करिव दुई दशक देखि यो क्षेत्रमा रहेका गायक थापाले ६ दर्जन बढि गीतहरु गाई सकेका छन् । अजम्बरी, परिवेश ,आकर्षण गरि तीन एकल एल्बम सार्वजनिक गरि सकेका थापा अहिले चौथो एल्बम आभूषणको तयारीमा छन् ।