देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिलको ‘स्कुल अफ सोसल अन्टरप्रेनरसिप’ फेलो प्रभावकारी

देशान्तर


काठमाडौं । नबिल बैंक र त्रिभुवन विश्वविद्यालयले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘सेलिब्रेटिङ फेसोसिप, जोर्नी अफ इम्पाक्ट २०८१’ मा बोल्ने वक्ताहरूले नबिल बैंकको ‘स्कुल अफ सोसल अन्टरप्रेनरसिप’ (एसएसई) कार्यक्रमले उद्यमशीलता विकासमा सहयोग पुगेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले नयाँ अवसर खोजी पनि यो कार्यक्रम प्रभावकारी भएको बताए भने रेक्टर प्रा.डा. खड्ग केसीले यो कार्यक्रमले उद्यमशीलता विकासमा सहयोग पुगेको बताएका थिए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिने रकमलाई प्रभावकारी बनाउन यो कार्यक्रम अघि बढाएको जानकारी दिए  । यस्तै, बैंकका सिनियर डेपुटी सिइओ मनोज ज्ञवालीले यसले युवाहरूको बढ्दो विदेश पलायनलाई नियन्त्रण गर्ने बताए । नबिल बैंकका निर्देशक निर्वाण चौधरीले युवाहरूलाई उद्यमी बनाउने मात्र नभएर स्वरोजगार बनाउनुपर्ने पनि बताएका थिए ।


नबिलले सामाजिक उत्तरदायित्वअन्तर्गत युवाहरूलाई उद्यमी बनाउन ‘फेलो’ प्रदान गर्दै आएको छ । हालसम्म चारवटा ब्याचबाट ५६ जनालाई फेलो प्रदान गरिसकेको छ । त्यसबाट विभिन्न स्थानमा ४५ वटा उद्यम–व्यवसाय स्थापना भएका छन् । यसैगरी, १२ सयभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, हालसम्म पाँच सय १८ जनाले ‘सर्टिफिकेट कोर्स’ पूरा गरेका छन् । २२६ जनाले नयाँ भर्ना लिएका छन् ।
नबिलले त्रिभुवन विश्वविद्यालयसँग सम्झौता गरी सन् ०२१ देखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । विशेष गरी यो कार्यक्रम दुईवटा पक्षमा केन्द्रित छ । त्यसमा व्यक्तिलाई फेलोसिपमार्फत उद्यमी बनाइन्छ । अर्काे, ‘सर्टिफिकेट कोर्स’ सयौँलाई तालिम र रोजगारी प्रदान गरिन्छ । कार्यक्रममा फेलो तथा तालिमप्राप्त उद्यमीहरूको उत्पादन तथा सेवा प्रदर्शन गरिएको थियो । यसैगरी, मेन्टरहरूलाई सम्मान पनि गरिएको थियो ।