देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाले लगायो अन्तर्राष्ट्रिय अदालतलाई प्रतिबन्ध

देशान्तर

काठमाडौं । अमेरिकाले इजरायल, अमेरिका र अमेरिकाका अरू मित्रहरू माथि अनुसन्धान गरेको भन्दै अन्तर्राष्ट्रिय अदालतलाई प्रतिबन्ध गरेको घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै अन्तर्राष्ट्रिय अदालतलाई प्रतिबन्ध लगाएका हुन् ।
गत नोभेम्बर २१ मा हमासका नेतासँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पनि पक्राउ पुर्जी जारी गरेको थियो अन्तर्राष्ट्रिय अदालतले मानवताविरुद्ध अपराध गरेको भन्दै यस्तो पक्राउ पुर्जी जारी गरिएको थियो । यस्तै त्यो भन्दा अगाडि मार्च १७ मा रुसी राष्ट्रपति भ्यादिमिर पुटिनलाई पनि पक्राउ पुर्जी जारी भएको थियो ।

ट्रम्पको प्रतिबन्धले अन्तर्राष्ट्रिय अदालतका अनुसन्धानमा जोडिएका, फैसला गरेका र उनीहरूको परिवारलाई भिसा बन्द र अरू प्रतिबन्ध हुने बताइएको छ ।