देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बढ्यो सुनचाँदीको मूल्य

देशान्तर

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको कारोबार मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ६०० ले बढेर रु एक लाख ६८ हजार ५०० कायम भएको छ ।

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ६६ हजार ९०० मा कारोबार भएको थियो । त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार ९८० तोकिएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको चाँदी आज प्रतितोला रु पाँचले बढेको हो ।