काठमाडौं । सहारा चितवन सहकारी ठगी मुद्दामा रास्वपा सभापति पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध थुनछेक बहस बुधबारका लागि सकिएको छ । जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापाको बहस सकिएपछि जाहेरवालाका तर्फबाट रमेश काफ्लेको बहस सकिएकोे छ ।
काफ्लेको बहससँगै बुधबारका लागि बहसको क्रम सकेर बिहीबार बहस हुने जनाइएको छ । सहकारी पीडितका तर्फबाट बुधबार बहस गरेका काफ्लेबाहेक वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ तथा अधिवक्ताहरू सुनिता अधिकारी र शम्भु बर्ताैलाले वकालतनामा दर्ता गरेका छन् ।
लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तसहित १० जना वकिलले वकालतनामा दर्ता गरेका छन् । बहस नसकिएका कारण चितवन जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासत पठाएको छ ।
प्रतिक्रिया