काठमाडौं । एकीकृत निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल पेश गर्न संसदीय समितिको सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबार बसेको बैठकले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । समितिले निर्वाचन आयोगमा रिक्त निर्वाचन आयुक्त पदमा तत्काल नियुक्ति गर्न पनि निर्देशन दिएको छ ।
छलफलमा सहभागी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिलेको निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने बताए थिए । तर थपलियाले अहिलेकै निर्वाचन प्रणालीले समृद्धि आउन नरोकिने पनि बताएका थिए ।
प्रमुख आयुक्त थपलियाले संविधानमा कुनै दलले बहुमत ल्याउन नरोकेको पनि बताए । उनले निर्वाचन आयोग ऐनमा सुधार गरेर जाने प्रक्रियामा रहेको भन्दै सुधारको ऐजेन्डा ल्याइए पनि निर्वाचन विधेयक अघि नबढेकामा असन्तुष्टिको संकेत गरेका थिए ।
प्रतिक्रिया