काठमाडौं । साहारा सहकारीको रकम ठगी मुद्दाको अभियोग लागेका रवि लामिछानेको बयान सकिएको छ । चितवन अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान भएको थियो । बयान सकिएलगत्तै थुनछेक बहसको तयारी गरिएको छ । बहसमा सहकारी पीडितका तर्फबाट जिल्ला न्यायाधिवक्ता, दुई जना सहन्यायाधिवक्तासहित ७ र रवि तर्फबाट ६ जनाले बहसको लागि वकालतनामा लिएका छन् ।
बहसमा सहभागी हुन वकालतनामा दर्ता गराउनेहरुमा सात जना सरकारका तर्फबाट र ६ जना प्रतिवादी तर्फका रहेका छन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा. नारायणदत्त कँडेल, चुडामणी सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा र सञ्जय गोलेले बहस गर्ने भएका छन् ।
प्रतिक्रिया