काठमाडौं । शिक्षकहरूले पेन्सनपट्टा बनाउनका लागि दुःख पाएको गुनासो बढेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार दिउँसो ताहाचलस्थित राष्ट्रिय किताबखानाको छड्के अनुगमन गरेकी छिन् ।
किताबखानामा आएका समस्याहरू अड्काउने काम भएको भन्दै शिक्षामन्त्री भट्टराईले त्यस्तो नगर्न आग्रह गरेकी छन् ।
त्यसक्रममा उनले पेन्सनपट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशमा नयाँ व्यवस्था भएकाले सोही अनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले कर्मचारीहरूलाई आग्रह गरेकी थिइन् ।
प्रतिक्रिया