देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुन्छ : पुन

देशान्तर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभामा फेल हुने बताएका छन् । बुधवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता पुनले संसद् छलेर अध्यादेश ल्याउनुको पछाडि भूमि माफिया र वन माफियाको चलखेल छ भन्ने आंशका जन्माएको पनि बताएका छन् ।

उनले गिरीबन्धु टी–स्टेजस्ता हदबन्दी माथिका केसलाई आफू अनुकूल लैजाने सरकारले चलखेल गरेको आरोप लगाए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अध्यादेशमार्फत शासन गर्न तल्लीन रहेको भन्दै संसद्सँग डराएर सरकारले संसद्को मानहानि गरेको उनको भनाई थियो ।
नेता पुनले प्रधानमन्त्री ओलीले विगतको संसद् विघटन प्रवृत्ति दोहोर्याउन सक्ने आशङ्का गर्न सकिने समेत बताए ।