देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काली बनेर आइन् गोरी समीक्षा

देशान्तर

काठमाडौँ । मिलन अमात्यको स्वरमा रहेको नयाँ गीत काली सार्वजनिक भएको छ । छक्कु उदासिको शब्द , राजेश थापाको सङ्गीत रहेको गीतको म्युजिक भिडियो मार्फत  एउटा आशा लाग्दी प्रतिभाको रूपमा झापा गौरादह  –७ कि कलाकार समीक्षा न्यौपानेको आगमन पनि  भएको छ ।

समीक्षालाई म्युजिक भिडियोमा अर्का कलाकार फनुस क्षेत्रिले साथ दिएका छन् । नृत्य तथा अभिनयमा निपुर्ण रहेकी समीक्षाको पहिलो भिडियो सार्वजनिक सँगै व्यस्तता पनि बढ्न थालेको छ । केही नयाँ म्युजिक भिडियोको छायाङ्कन सम्पन्न गरिसकेकी र केही भिडियोको छायाङ्कनको क्रममा रहेकी समीक्षा अब म्युजिक भिडियो र चलचित्र क्षेत्रमै रहने सोचमा रहेकी छन् ।

योङ माईन्ड्स ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोलाई निर्देशक मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । रोनिश तामाङ (च्याङ्बा) को छायाङ्कन रहेको भिडियोमा रोनिसा अधिकारीको श्रीङगार विष्णु खड्काको सम्पादन छ । भिडियो राजेश थापाको अफिसियल युट्युब बाट सार्वजनिक भएको हो ।