काठमाडौं । नेपाल महिला ट्वान्टी–२० त्रिदेशीय शृंखलामा घरेलु टिम नेपालले आज थाइल्यान्डसँग पाँच रनले पराजित भएपछि लगातार चौथो हार बेहोर्न पुगेको छ । नेपालले यसअघि नेदरल्यान्ड्ससँग २० रन, थाइल्यान्डसँग चार विकेट र पुनः नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको थियो । थाइल्यान्डको भने यो लगातार चौथो जित हो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०१ रनमात्र बनाउन सक्यो । नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कविता जोशीले २४ रन बनाउँदा रोमा थापाले १९ र पूजा महतोले १८ रन जोडे ।
थाइल्यान्डकी थिपात्चा पुथाअवाङले चार विकेट र फनिता मायाले दुई विकेट लिइन् । थाइल्यान्डबाट चानिदा सुथिरुआङले सर्वाधिक २७ रन बनाइन् । थिपात्चा पुत्थावाङले २५ र नानपाट कोन्चिारोइन्काइले १९ रन बनाए । ओपनरद्वय अफिसारा सुवान्चोन्राथीले १७ र नाताया बुचाथामले १० रन थपे ।
नेपालकी मनीषा उपाध्यायले सर्वाधिक तीन विकेट लिइन् । पूजा महतो र रचना चौधरीले समान एक विकेट लिए ।
प्रतिक्रिया