देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली संविधानविपरीत प्रधानमन्त्री बनेको प्रचण्डकोआरोप

देशान्तर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानविपरीत प्रधानमन्त्री बनेको आरोप लगाएका छन् ।
म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको दाबी गरेका हुन् ।


प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले चलाएको आरोप पनि लगाए । प्रचण्डले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण प्रस्ताव गरेको पनि दाबी गरे । उनले मध्यपहाडी लोकमार्ग बनाउने प्रस्ताव आफ्नै भएको बताए ।

यस अघि बेनी नगरपालिका–४ सिङ्गा र तातोपानीमा आज बिहान आयोजित कार्यक्रममा उनले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका थिए । उनले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण पनि गरे । उनले फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।