काठमाडौं । पोखरामा जारी ७७ जिल्ला पार्टी सभापतिहरूको भेलामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यो सरकारको स्थायित्व स्पष्ट रहेको भन्दै देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् । उनले स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्ने भन्दै उनले अहिले हुनुपर्ने जति विकास हुन नसकेको बताए ।
उनले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या आउन सक्ने भएकाले समाधान गरेर अघि बढ्नुपर्ने पनि बताए । यस्तै उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस एकताबद्ध भएर अगाडि बढे २०८४ को निर्वाचनमा कसैले रोक्न नसक्ने बताए । उनले पार्टीका नेताहरूले अन्तर्घात गर्न छाड्नुपर्ने बताए । उनले कांग्रेसले मात्रै मुलुकमा समृद्धि ल्याउनसक्ने दाबी पनि गरे । अहिले संविधान संशोधनलाई प्राथमिकता दिएर सात बुँदे सहमति गरेर एमालेसँग सहकार्य थालेको उनको भनाई थियो ।
प्रतिक्रिया