काठमाडौं । बेलायतका राजकुमार एडवार्ड र राजकुमारी सोफिया ६ दिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा राजकुमार दम्पतीले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने छन् भने पोखराको ब्रिटिश गोर्खा क्याम्पमा पनि जाने छन् ।
उनीहरुले त्यहाँ हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा पनि सहभागी हुनेछन् । भ्रमणकै क्रममा उनीहरु नेपाली सेनाको हेलिकप्टरबाट अन्नपूर्ण हिमश्रृंखला नियाल्न जानेसमेत तालिका रहेको जनाइएको छ ।
नेपाल बसाइको क्रममा,स्वास्थ्य सेवा र बेचबिखन र लैगिक हिंसाबाट बचेकाहरूलाई सहयोग प्रदान गर्ने संस्थाहरूलाई पनि भेट्नेछन् ।
राजकुमार दिल्लीबाट र राजकुमारी लण्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत फरक समयमा काठमाडौं आई पुगेका थिए । बताइएको छ । बेलायती राजकुमार दम्पती माघ २७ स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया