काठमाडौं । अमेरिकी राष्ट्रपती डोनाण्ड ट्रम्पको चिनियाँ सामानमा १० प्रतिशत शुल्क लगाउने निर्णयको प्रतिकृया स्वरुप चीनले पनि अमेरिकाबाट आयात गरिने सामानहरूमा १० प्रतिशत नै शुल्क लगाउने निर्णय गरेको छ ।
यो निर्णयसँगै चीनमा अमेरिकाबाट आयात हुने ठूला इञ्जिन भएका कारहरू, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि उपकरणहरूको आयातमा असर पर्ने जनाएको छ । चीनविरुद्ध अमेरिकाको १० प्रतिशत शुल्क नीति लागू भए पछि चीनले पनि जवाफी शुल्क घोषणा गरेको हो ।
यसबीचमा अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध लगाएको २५÷२५ प्रतिशत कर भने ३० दिनको लागि स्थगित गरेको छ ।
प्रतिक्रिया