काठमाडौँ । नेकपा माओवादी केन्द्रको सोमबार प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
बैठको निर्णय अनुसार कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेललाई यथावत् राखिएको छ । मधेस प्रदेशमा उपमहासचिव मातृका यादवलाई जिम्मेवारी दिएको छ भने बागमती प्रदेशमा सचिव हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
यसैगरी गण्डकी प्रदेशमा सचिव दीनानाथ शर्मा ,लुम्बिनी प्रदेशमा सचिव चक्रपाणि खनाल, कर्णाली प्रदेशमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जमा यथावत् राखिएको छ ।
यसैगरी बैठकले उपत्यका विशेषमा स्थायी समिति सदस्य जयपुरी घर्ती, प्रवासतर्फ सार्क प्रदेशमा लक्ष्मण पन्त, युरोप, अमेरिका प्रदेशमा राम कार्की र एसिया प्रदेशको इन्चार्जमा ओम शर्मालाई जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया