काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ प्रहरी उपरीक्षकको पदस्थापन गरेको छ । माघ २० गते प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका उनीहरूको सोमबार पदस्थापन गरिएको हो ।
बढुवा भएका एसपीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आइतबार दज्र्यानी चिह्न लगाइदिएका थिए । यसअन्तर्गत एक नम्बरमा बढुवा भएका कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन गरिएको छ । दोस्रो नम्बरमा बढुवा भएका सुमित खड्कालाई प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो, मनोहर भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पदस्थापन गरिएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा तीन एसपी रहने भएका छन् । यसअघिदेखि उक्त कार्यालयमा एसपी अंगुर जिसी र काजीकुमार आचार्य एसपी छन् । सोमबार त्यहाँ भट्टको पदस्थापन गरिएसँगै एसपीको संख्या तीन पुगेको छ ।
प्रतिक्रिया