देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अभिनेत्री अरुणिमाको दोश्रो घरवारमा पनि दरार

देशान्तर


काठमाडौं । लामो समयदेखि अमेरिका बस्दै आएकी अभिनेत्री अरुणिमा लम्सालको दोश्रो घरवारमा पनि दरार आएको चर्चा बाहिरिएको छ ।
उनको सामाजिक सञ्जालबाट दोस्रो श्रीमानसँगका सबै तस्विरहरु गायब भएपछि सम्बन्धमा दरार आएको खबर केहि सञ्चार माध्यम र केहि फेसबुक पेजमा आएका छन् । अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका फोटोहरू गायब छन्।

उनका श्रीमान युवराज श्रेष्ठ वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनीहरुले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज र निकट आफन्त तथा परिवारको उपस्थितिमा गत भदौमा काठमाडौंको राम मन्दिरमा विवाह गरेका थिए । श्रीमानले आफूलाई चिट गरेको आरोप अरुणिमाले लगाउन थालेको खवर बाहिरिएको छ । विवाह गरेको भोलिपल्टै एक टेलिभिजन शोमा पुगेकाबेला श्रेष्ठले आफू अमेरिका नै गएर पत्नीसँगै बस्ने आकांक्षा प्रस्तुत गरेका थिए । तर हालसम्म उनी नेपालमै छन् ।


अरुणिमाले अमित अर्यालसँग पहिलो बिहे गरेकी थिइन् । तर उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । उनले सन् २०१७ मा डिभोर्स गरेकी थिइन् । पहिलो श्रीमानबाट अरुणिमाको एक छोरी छिन् । उनका अभिमन्यु,अग्निज्वाला, भरोसा,धड्कन,मेरो प्यारो माइती घर लगायत चलचित्र चर्चित भएका थिए ।