देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित

देशान्तर

काठमाडौं । त्रिकोणात्मक टी ट्वान्टी सिरिजको आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको छ । यो संगै नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङ गरेको नेपाल सामु नेदरल्यान्ड्सले १४१ रनको लक्ष्य दिएको थियो ।
नेपालले पूरा २० ओभर खेलेर ८ विकेट क्षतिमा १२५ रन मात्र जोड्न सक्यो । नेपालले १६ अतिरिक्त रन पाएको थियो । आजको हारसँगै नेपालको उपाधि होड कमजोर बनेको छ । यसअघि नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग एक–एक हार व्यहोरेको थियो ।