देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपन्यास अंश-सोचेजस्तै भयो





मैले तपाईंलाई कतै देखेजस्तो लाग्छ ।
हुन त तपाईंलाई पनि लाग्ला, कुनै केटीसित चिनजान गर्ने यो पुरानो शैली हो । तर पुरानो हुँदैमा त्यो अन्त्य हुने त हुँदैन नि । ‘ओल्ड इज गोल्ड’ भन्छन् । तर मेरो धारणा छ, यस्ता कुराहरू बुढा रिझाउने कुरा हुन् । एक दिन एक वृद्धलाई खुसी होऊन् भनेरै हो भनिदिएँ, ‘सर ओल्ड इज गोल्ड हजुर, हाम्रो सोसाइटीका लागि अमूल्य हुनुहुन्छ ।’


वृद्धले मुसुक्क हाँसेर भन्यो, ‘माइ डियर ब्वाय, मन बहलाउनलाई ठीक छ, यो सबबाट माइन्ड इट, ओल्ड इज ओल्ड टू ।’ बुढो कि त अलि स्वभावकै खरो हो, कि प्रत्येक बुढो यस्तै हुन्छ कि, ‘ज्येष्ठ नागरिक दिवस’ भनेर मनाइन्छ नि, त्यो दिन पारेर त्यस्तो बनेको हो । त्यो दिन ‘ज्येष्ठ नागरिक दिन’ नै परेको रहेछ । ‘सिनियर सिटिजन हो’ त्यो दिन झन् केही केही वृद्ध आक्रोशले भरिएका हुन्छन् कि ! त्यसो भए त ‘बाल दिवस’मा केटाकेटी ‘महिला दिवस’मा महिला, सब चिढिनुपर्ने किन त ?
सब विशिष्ट नागरिकलाई ‘डान्स डे’ भनेर रे ! तपाईंलाई कसैले छेकेको छ त डान्स गर्न ? केवल यही हो कि डान्स आउनुप¥यो । सिक्नु प¥यो, कुनै ‘डान्सिङ पद प्राप्त गर्नु प¥यो, अनि हेर्नुस् डान्स, महानुभावहरूले उता आँसु बगिरहेको छ, केटाकेटी विपन्न, महिला र वृद्धवृद्धाका लागि यता मनपरी भने उड्दै डान्स गर्दै कावा आइरहेको छ ।


तपाईंले यस्ता मान्छे देख्नुभएको छैन र ? मैले त प्रशस्त देखेको छु । दिनदिनै देख्छु । त्यसैले कुनै बखत यस्तै डान्सको कारण भानुभक्त ठूलो चयनमा थिए रे, अब हाम्रो पालो त हो नि !
म तपाईंलाई हावादारी, गफाडी र अलि ‘खुस्केटिक’ समेत लागेको होला । त्यस्तो होइन । म्याम म त तपाईंमा यस्तै भाव छ कि भनेर बरबराइरहेको थिएँ । नत्र यस्तो मेरो कुनै मनसाय होइन । आऔँ आफ्नै कुरातिर के मैले साँच्चिकै तपाईंलाई देखेको होइन त ? होइन भने पछि पनि ठीक छ । एउटा चालु मान्छे भनेर मलाई ठान्नुभयो होला । केही चालु हुँला पनि म । विपरीत अर्थात् केटीहरूलाई देखेपछि प्रायः म सभ्य हुन खोज्छु, सकेसम्म । बरु त्यसैको परिणाम हो त्यो ‘च्वाँक’ नदेखेकै भए पनि अब त मेरो प्रलापले पनि त कति समय लिइसक्थ्यो ? यतिले अब त थोरै समयको चिनजान त मान्न सकिन्छ नि । त्यसो त म यहाँ आइरहन्छु । त्यसैले यहाँ मलाई सबैले चिन्छन्, एकदम नयाँ आउने केटा वा केटीबाहेकले । मलाई त लाग्छ यहाँका चराचुरुंगी जनावर अलिकति बढी बोल्ने अनुमति दिनुहुन्छ भने खोला पहाड ढुंगाले समेत चिन्छन् । ती बोल्न सक्ने भए, हो भनेर बोलि पनि दिन्थे होलान् ।


यति बोलुन्जेल मैले एउटा नयाँ कुरा थाहा पाएँ नि, तपाईंका बारेमा । होइन मलाई तपाईंले आशंकित वा आतंकित केही पनि हुनुपर्दैन । तपाईंले मुसुक्क हाँसेको देखिन्छ । त्यो पनि सुहाउँछ । तपाईंको ओठलाई कहिलेकाहीँ ‘क्यामेरा स्माइल’ अर्थात् फोटो खिच्दा भन्छन् नि । ‘प्लास्टिक स्माइल’ ।
तर, तपाईं जस्ताको त नभनौँ अहिले त । तपाईं आजको त ‘प्लास्टिक स्माइल’ होस् कि ‘इलास्टिक इस्माइल’ उत्तिकै महँगो देखिन्छ । साँच्चिकै त झन् कस्तो होला ?


तर यही पनि वास्तविक हुनसक्छ । मेरो काम यत्तिकैले पनि आरामले चल्छ । होइन, अन्यथा पटक्कै होइन, केबल सौन्दर्य प्रभावका ‘एंगल’हरू कति–कति हुन्छन् भन्न खोजेको हो । धेरै ठान्नुभएन जस्तो छ, किन भने तपाईं फेरि ….।
तपाईंलाई पनि थाहा छ । यो पनि हुन सक्छ, मैले यो सत्य पनि हुन सक्छ भनेकोमा तपाईं मुस्कुराउनु भएको छ । यो अर्को तिकडम केही गहकिलो जस्तो लाग्छ, प्रयोग गरेको मान्नुभएको हो कि ? अन्यथा हुनसक्छ, तपाईंले मेरो भनाइलाई स्वीकार गर्नुभएको हो ?
यस्तो हो भने धन्यवाद …।
वास्तवमा त तपाईंलाई देखेर नजिक आएको होइन । अरू पछि तपाईं देखिनुभएको हो, देखिनुभएपछि तपाईंतिर बस्न खोजेको हुँ । तर त्यसको कारण फेरि अन्यथा हुँदै होइन । यसै अलिकति ठाउँ खाली देखेँ, तपाईंलाई पनि एक्लै देखेँ, आफू पनि एक्लै थिएँ ….। बुझ्नुभयो होला, यो स्वाभाविक थियो ।


सौन्दर्यको कुरा गर्नुहुन्छ भने नजिक आएपछि मात्रै देखेँ, तपाईं सुन्दर हुनुहुन्छ । टाढाबाट त सबै उस्तै हो । तपाईं केही हो, त्यो उत्सुकताले तानेको भए म भन्न सक्दिनँ । तपाईं फेरि मन्द मुस्कुराउनु भयो । तपाईंको मुस्कुराहटको मान राख्न भनिदिन्छु, म कुनै केटी हो भनेर आकर्षित त भएकै हो । मनोविज्ञानको विषयलाई किन नाघुँ म पनि ? तपाईंले मुन्टो हल्लाएर ओके भन्नुभयो । ओके मैले सुनिनँ, त्यस्तै केही भएको त मैले स्पष्ट देखेँ । म अर्को एक केटीलाई सम्झिँदै छु । जो लामो कुरा नगरेर, ओके भनेरै आफ्नो सहमति दिन्थी । कहाँसम्म भने आफ्नो आफ्नो चिठीहरूमा पनि ओके भनेर लेख्थी । सधैँ सहमत हुँदो अंग्रेजीको ओके भन्थी । म बडो खुसी हुन्थेँ, त्यसक्षणमा ।


यहाँ आउन तपाईंले किन रोज्नुभयो, म जान्दिनँ । यहाँ एकान्त पनि पाइन्छ । त्यसैले हो कि ? म भने यहाँ आइरहन्छु । कहिले एक्लै, कहिले पर्यटकसँग, आन्तरिक र बाह्य पनि । अहिले त तपाईं भेटिनुभयो । कतिपटक कोही–कोही आउँदा रातै बस्नेगरी पनि आउँछन् । यहाँ त्यो पनि प्रबन्ध छ । कुनै पनि पर्यटक सूर्यास्त हुनासाथ कोठामै फर्केर आउँथे, कुनै एक दुई घडी रातको आनन्द लिन पनि चाहन्थे । एउटा रमाइलो के छ भने केटी पर्यटकहरू हुन्थे जो यहाँको चन्द्रमा तारासमेतको छायामा खोलाको कल कल सुनेर र हेरेर खोलासँगै यात्रा गर्दथे । त्यो चकमन्न शीतल जुनेली रातलाई आखाँले घटघटी निल्न चाहन्थे । म बसिरहन्थेँ । म त्यसको पैसा पाउँथे नि त, त्यसबखत ।
गाइड थिइन् । केबल तिनलाई संगीत दिन्थे । एउटा घटना होइन, दुर्घटना भएदेखि त्यो काम मैले चटक्कै छोडिदिएँ । के भयो के ? थाहा थियो कि छोडेको केही समयपछि जोगिन अर्थात् टाट होइन, तै पनि म यसमा फेरि फर्किन सकिन । नफर्केपछि सोचेजस्तै भयो ।
म टाट भएँ । (लेखक -पछिल्लो उपन्यास ‘जडाउरी’ को थालनी अंश)