काठमाडौं । महानायक राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् । गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै महानायक हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । गोरेटोका ब्रान्ड एम्बासडरसमेत रहेका उनले समय परिवर्तनशील भएकोले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने विषयमा निर्णय लिँदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए । परिवारको साथ भएको अवस्थामा आफूले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै महानायक हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको बताए । उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीपलाई भविष्यमा सामाज परिवर्तनका लागि र आफ्नो घर परिवारको उज्ज्वल भविष्यका लागि लाग्नुपर्ने उनको भनाइ थियो ।
कस्तो सीप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेकअनुसार आफैँले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि सञ्चालन गरिएको प्रबन्ध निर्देशक धीरज कँडेलले जानकारी दिए । उक्त शाखाबाट क्यानडा, बेलायतसहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने निर्देशक कँडेलले बताए ।
प्रतिक्रिया