देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गायक विमलराज क्षेत्रीले देशभर सांगीतिक कार्यक्रम गर्ने

देशान्तर


काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल सांस्कृतिक महासंघको आयोजनामा ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक अभियान’ अन्तर्गत देशभर सांगीतिक कार्यक्रम हुने भएको छ ।
माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आभियानको उद्घाटन गर्नेछन् भने पहिलो चरणमा सातै प्रदेशका एक–एक जिल्लामा हुनेछ । त्यसपछि अन्य जिल्लामा कार्यक्रम हुनेछ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली कांग्रेसले गरेका क्रियाकलाप, उपलब्धि, सामाजिक रूपान्तरका महत्वपूर्ण घटनाहरू र भावी योजना देशभरका जनतासमक्ष पु¥याउन अभियान गर्न लागिएको जानकारी दिएका थिए ।

महासंघका महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले नेपाली कांग्रेसले कलाकर्मीलाई सधैँ माया गरेर साथमा लिएर हिँड्दै आएको बताउँदै नेपाली जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन विमलराज क्षेत्री लोकतान्त्रिक अभियान महत्वपूर्ण हुने बताए । कार्यक्रममा गायक क्षेत्रीले ‘विमलराज क्षेत्री लोकतान्त्रिक अभियान’ आफूले सानैदेखि देखेको सपना भएको भन्दै अहिले आएर पूरा हुन लागेको बताए । अभियानमा नेपाली कांग्रेस विशेषसहित जनताका सुखदुःखका गीतहरू समेत गाउने उनले जानकारी दिए ।
कार्यक्रममा विमलराज क्षेत्रीलाई गायनमा लोक गायिका राधिका हमालले साथ दिनेछिन् । कार्यक्रममा कलाकार शिवशंकर रिजाल, सुजाना केसी, शिवहरि वैरागी, प्रभाकर शर्मा, ऋतु थापा, सन्ध्या सानु, शशि थापा, विष्णु धामी, उमाशंकर जोशी, टीकाकुमारी क्षेत्रीलगायतको पनि प्रस्तुति रहनेछ ।

विमलराज क्षेत्रीले गाएका जापान टोकियो, मधु वनैमा, सुपारी चाम्रो, औठी स्वयम्बरको, बल्लै भो भेट, बुट्टे रुमालजस्ता थुप्रै गीत चर्चित छन् ।