देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओलीले विषयलाई तोडमोड गरेर आफ्नो बदनाम गर्ने कोसिस गरेको वामदेवको आरोप

देशान्तर

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष एबम राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विषयलाई तोडमोड गरेर आफ्नो बदनाम गर्ने कोसिस गरेको बताएका छन् ।
ओलीका स्वकीय सचिव राजेश शाक्यको फोनमा भएको संवादलाई ओलीले प्रचारको विषय बनाएर आफ्नो बदनाम गर्ने कोसिस गरेको गौतमको भनाइ छ ।

उनले ओलीलाई जवाफ फर्काउँदै शाक्यसँग भएको भ्वाइस रेकर्ड सार्वजनिक गर्न समेत चुनौती दिएका छन् । गौतमले मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक आफूलाई प्राप्त भएको र त्योबारे कुरा गर्नका लागि आफूले ओलीलाई फोन गरेको तर नलागेपछि राजेशको नम्बरमा फोन गरेको गौतमको भनाइ छ । केही दिनअघि ओलीले आफूलाई फोन गरेर गौतमले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिन भनेको दाबी गरेका थिए ।

गौतमसँग आफूले नै राजेशको मोबाइलमार्फत कुरा गरेको भएपनि उनले नचिनेको ओलीले बताएका थिए । गत शुक्रबार आदिवासी जनजाति महिलाहरूको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले बामदेव गौतमले आफ्नो राजीनामा मागेको प्रसंग सुनाएका थिए । मदन भण्डारीको हत्यासँग सम्बन्धित एक भिडियो हेरेर गौतमले आफ्नो राजीनामा मागेको ओलीले बताएका थिए । यही प्रसंगमा बामदेव गौतमले आज प्रेस विज्ञप्ति जारी गर्दै आफूले राजेश बज्राचार्यसँगै कुरा गरेको तर ओलीले बदनाम गर्न खोजेको आरोप लगाएका हुन् ।