काठमाडौं । पर्साको वीरगन्जको सानोपाइला सहकारीको बयान सकिएसँगै सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लिने क्रम सकिएको छ । कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सुरुमा कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे बयान लिइएको थियो ।
पोखरापछि रुपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो । सोमबार पोखराबाट काठमाडौं हुँदै लामिछानेलाई हवाईमार्गमार्फत पर्सा पु¥याइएको थियो । मंगलबार बयान सकिएसँगै उनलाई पर्साबाट बुधबार दिउँसोको फ्लाइटमार्फत पुनः कास्की पु¥याइएको छ ।
अब भने लामिछानेविरुद्ध अभियोजन गरेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत बयान दिएका पाँचवटै जिल्ला अदालतमा मुद्दा दर्ता हुने छ । अबको १० दिनमा दर्ता हुने मुद्दामा पाँचवटै जिल्ला अदालतले साधारण तारेख वा धरौटीमा छोड्ने आदेश दिए मात्रै उनी थुनामुक्त हुनेछन् । लामिछानेले पाँचवटै जिल्लाको सहकारीको रकम अपचलन प्रकरणमा आफू निर्दोष रहेको इन्कारी बयान दिएका छन् ।
प्रतिक्रिया