काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुधबार काठमाडौंबाट पोखरा लगिएको छ। उनलाई बुधबार दिउँसो बुद्ध एयरको विमानबाट पोखरा लगिएको हो । यस अगाडि बुधबार बिहान उनलाई पर्साबाट काठमाडौं ल्याइएको थियो
रविलाई पोखरा पुर्याएसँगै रास्वपाका कार्यकर्ताहरूले पोखराकै पृथ्वीचोकमा प्रदर्शन गरिरहेका छन्। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।
सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।
प्रतिक्रिया