काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रभावशाली नेताहरुबीच नेताहरुको कार्यविभाजनको बिषयमा किचलो रहेको अवस्थामा उक्त पार्टीको स्थायी कमिटीको बैठक मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा बस्ने भएको छ । नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदलसम्बन्धी निर्र्णय गर्न बैठक बोलाइएको हो ।
पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषयवस्तुका बिषयमा पनि छलफल हुने नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन् ।
गत असारमा दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको पार्टीले अहिलेसम्म नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजनअन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकेको छैन । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको थियो ।
कार्यदलले नामावली टुङ्गो लगाईसकेको नेताहरुले बताएका छन् । स्थायी समितिको बैठकले नामावलीलाई अनुमोदन गर्ने बताइएको छ ।
प्रतिक्रिया