काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेमाथि सरकारबाट निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै निन्दा गरेका छन् ।
उनले लामिछानेमाथि गरिएको प्रतिशोधपूर्ण व्यवहार रोक्नको लागि पनि माग गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अध्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार रोक्न गम्भीर आग्रह गरेका छन् ।
प्रचण्डले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्– अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा.रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।
प्रतिक्रिया