देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१८ महिनापछि काँग्रेसलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली

देशान्तर


झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अब १८ महिना प्रधानमन्त्री बन्ने कुरा दोहोराएका छन् । नेपाली कांग्रेससँग भएको सहमति अनुसार अब करिब १८ महिना आफू प्रधानमन्त्री बन्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसपछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने बताए ।

सोमबार गृह जिल्ला झापाको दमक नगरपालिका ३ बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– मेरो लगभग २ वर्षको अवधि छ । लगभग ५ महिना भइहाल्यो । अब लगभग १८ महिनाजति होला । यसभित्र देशको विकासको बाटो जो अवरुद्ध भएको थियो । त्यसलाई सुधार गर्छु । जो अवरुद्ध बनेको थियो । त्यसलाई सूचारु गर्छु । बन्द भएका कामलाई फेरि अगाडि बढाउँछु ।


प्रधानमन्त्री ओलीले देश बनाउनका लागि स्थिरता र स्थायित्व चाहिने भन्दै त्यसैकारण एमाले र कांग्रेस मिलेर स्थिर र सुदृढ सरकार बनाएको पनि स्पष्ट पारे । प्रचण्ड सरकारले तमासाबाजी देखाउने र सानाृ दलले ठूला दललाई हान्ने काम सुरु भएपछि दुई ठूला दल मिल्नुपरेको पनि उनले बताए ।


‘प्रधानमन्त्री ओलीले देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने बताए । हामी विभिन्न पार्टीका हुन सक्छौँ तर विकास निर्माणका काममा एक हुनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले अगाडि भन–े तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु, तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।