काठमाडौं । भुटानका राजा जिग्मे वाङचुक नेपाल आइपुगेका छन्। भारत भ्रमण सकेर भुटानी राजा वाङचुक दिल्लीबाट सिधै काठमाडौं आएका हुन्।
ड्रुक एयरको विमानबाट उनी भर्खरै १९ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै काठमाडौं आइपुगेका हुन् । उनले बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारीलगायत सदस्य रहेका छन्। गृह मन्त्रालयले भुटानी राजाको उच्च सुरक्षा व्यवस्थाका लागि तीनवटै सुरक्षा निकाय खटाएको छ।
भुटानी राजा दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।
प्रतिक्रिया